अब चौतारावासीले बिना धितो २ प्रतिशत ब्याजदरमा ऋण पाउने

इकागज | कात्तिक २०, २०७७

सिन्धुपाल्चोक : २ प्रतिशत ब्याजदरमा उपलब्ध हुने 'सहुलियतपुर्ण कर्जा'को लागि चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । बुधबार बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा कर्जा सम्झौता भएको हो ।

बैंक केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमान सिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद पाण्डे, बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थी बैंकका सिन्धुपाल्चोक शाखा प्रबन्धक समिक कुमार दाहाललगाएतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो । यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरबासीहरु प्रत्यक्ष लाभान्वित नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले युवा स्वरोजगार प्रवर्द्धनका लागि बिनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरि यस वर्ष २ करोड ॠण प्रवाह हुनेछ । ॠण लिन चाहने नगरबासीहरुले २ प्रतिशत व्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ॠण लिन सक्नेछन् । नगरपालिकाले कोभिड-१९ कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघु उद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि 'स्वरोजगार तथा उद्यम प्रवर्द्धन कार्यविधी २०७७'  बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।

स्थानीय स्रोत, साधन र सिपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरबासीको बकांक्षा पुरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध  गराउन लागेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन । उनले भनिन् 'हामिले यस बर्ष देखि यो कार्यक्रमको शुरूवात गरेका छौं । यसको रिजल्ट हेरेर आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौं ।'

यसले नगरभित्र नयाँ उद्यमि तथा व्यावसायीको संख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखेको उवले जानकारी दिइन । नगर प्रमुख अमानसिं तामाङले यस्ता प्रकारको कार्यक्रमले स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरबासीको आकांक्षा पुरा हुने विश्वास व्यक्त गरे । अब नगरपालिकाको प्रत्यक वस्तीमा पुगेर जनतासँग प्रत्यक्ष छलफल गरि नयाँ कार्यक्रमहरु बनाएर विकासका कामहरु सञ्चालन गरिने उनले बताए । त्यसको सुरुवात भैसकेको समेत उनले जानकारी दिए। सोही कार्यक्रम अनुसार सोमबार इर्खुको चिलाउने गाँउमा नगर प्रमुख, नेकपा नगरकमिटी इन्चार्जलगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

सडकको बिस्तार नगरेसम्म यातायातको समस्या हल हुँदैनः गृहमन्त्री थापा

इकागज | कात्तिक १८, २०७७

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायातलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । महानगर...

तातोपानीमा बीओपी

इकागज | असोज २९, २०७७

सिन्धुपाल्चोक : चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका  तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बीओ...