पशुपति र मनकामना खुल्यो, चाँगुनारायण कहिले खुल्छ ?

इकागज | पुस ३, २०७७

भक्तपुर : कोभिड १९ संक्रमणको जोखिमका कारण बन्द भएका मन्दिरहरु धमाधम खुल्न थालेका छन् । गत चैत देखि बन्द रहेको गोरखाको मनकामना मन्दिर मंसिर २८ गते देखि खुलेको छ । त्यस्तै पुष १ गते देखि काठमाडौंको पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणको लागि खुल्ला गरिएको छ । 

तर भक्तपुरको चाँगुनारायण मन्दिर भने कहिले खोलिएला भन्ने चासो धेरैको छ । कोभिड १९ को महामारीका कारण मन्दिरमा दैनिक पुजारीले पुजाआजा गर्दै आएपनि भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।

विश्व सम्पदा सुचीमा सुचीकृत चाँगुनारायण मन्दिर चाँगुनारायण मन्दिरको निर्माण इ.स. ३२३ मा हरिदत्त वर्माले गरेको भन्ने कथन छ । त्यस्तै ५२१ को अभिलेख अनुसार राजा मानदेवले गरुड ध्वज चढाएको र गुठीका लागि खेत दान गरेको भन्ने अभिलेख समेत पाइन्छ । 

मन्दिर खुल्ला गर्ने वा नगर्ने भन्ने बारे आज शुक्रबार बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले भने, ‘आज सम्बन्धित सबै पक्षको बैठक बस्छौँ, त्यस बैठकले के निर्णय गर्छ, त्यही पालना गर्छाैँ ।’ 

पिसीआर परीक्षणमा कालोबजारीको आरोपमा सरकारीसहित दुई अस्पताल कारबाहीमा

इकागज | पुस १, २०७७

चितवन : नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र च...

कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्‍ने छ : महामन्त्री कोइराला

इकागज | मंसिर २५, २०७७

चितवन : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४ ‍ औं महाधिवेशन फागुनमा सम्भव नभएक...