वाग्मती प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित, कहिले होला अर्को बैठक ?

इकागज | माघ १९, २०७७

हेटौँडा : वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको हो । 

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । 

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने  बताइएको छ । वाग्मती प्रदेशसभामा  नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

व्यावसायिक कृषिका ‘सेन्टर अफ एक्सीलेन्स’ : जो आफू सफल भएर अरुलाई ज्ञान, सीप र प्रविधि बाँड्दैछन्

पुष्पराज आचार्य | माघ १८, २०७७

चितवन : मध्यनेपालको चितवन आफैँमा सम्भावनाको केन्द्र हो । विगतमा तोरी खेतीका लागि लोकप्रियता कमाएको चित...

प्रधानमन्त्री ओलीले गरे पुल्चोक-गोन्द्राङ सडक स्तरोन्‍नतिको शुभारम्भ

इकागज | माघ १७, २०७७

चितवन  : प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक-गोन्द्राङ छ लेन सडक स्तरोन्‍नति कार्यको...

प्रधानमन्त्रीको सिटीहल शिलान्यास गर्ने कार्यक्रम भरतपुरकी मेयर दाहालद्वारा बहिस्कार

इकागज | माघ १७, २०७७

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडक नजिक निर्माण भएको सिटीहलको प्रधानमन्त्री के...