मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

इकागज | फागुन २८, २०७७

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-७ स्थित ‘गल्छी-देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । 

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने वा प्र.०२-०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका-३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए । रासस

गैँडा भारत जाने चिन्ता

इकागज | फागुन २७, २०७७

चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्च...

चुरिया माईमा दक्षिण एशियाकै पहिलो सुरुङमार्ग परिकल्पनाकार बिग्रेडियर थापाको सालिक (फोटो फिचरसहित)

इकागज | फागुन २५, २०७७

हेटौंडा : दक्षिण एशियाकै पहिलो सुरुङमार्गको निर्माणकर्ता नेपालको प्रथम ग्राजुएट सिभिल ईन्जिनियर ब्रिगेडिए...

अतिक्रमण गरेर बनाएको टहरा हटाउन गएका सूर्यविनायक नगरपालिकाका कर्मचारी कुटिए

इकागज | फागुन २५, २०७७

भक्तपुर : सूर्यविनायक नगरपालिका-२ साविक बालकोट गाउँ विकास समिति-१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गर...