सुुरु भयो अन्तर शहर बुद्धिचाल प्रतियोगिता

इकागज | चैत ११, २०७७

हेटौंडा : हेटौंडामा बुधबारदेखि अन्तर शहर बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको चाल चालेर प्रतियोगिताको सुरुवात गरेका थिए ।

चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा अनुशासन कायम राखेर खेल खेल्न खेलाडीहरूलाई बागमती प्रदेशको मुख्यमन्त्री  पौडेलले आग्रह गरे । उनले खेल क्षेत्रले नेपालको पहिचान बोकेको भन्दै खेललाई सबैले माया गर्नुपर्ने बताए । आउँदो बैशाख महिनामै बागमती प्रदेश सरकारले पनि प्रदेशस्तरीय खेलहरु सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए । 

यस्तै बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर मात्र खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गरे । प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको बिजेता हुने टिमले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तृतीय हुनेले ५० हजार, चौथौ र पाँचौ हुनेले क्रमश ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

समायोजनपछि प्रदेश सरकारले प्रहरी दरबन्दी पुरा गर्छ - मुख्यमन्त्री पौडेल

इकागज | चैत १०, २०७७

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पश्चात अपूग जनशक्ति पूर्ति गर्ने...