पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी

इकागज | चैत १९, २०७७

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

 खुला उपाध्यक्षमा धादिङका नवराज छत्कुली, मकवानपुरका रुपेश दुलाल र मकवानपुरकै हरिप्रसाद हुमागाईले उम्मेदवारी दिएका छन् । पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनको लागि बिहीबार ४२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । अल्पसंख्यक सदस्य पदमा दोलखाकी निराशी थामीको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइन् ।

महिला उपाध्यक्षमा मकवानपुरकी नानीमैया कार्की र चितवनकी संगीता आचार्य, महासचिवमा धादिङका केशव अधिकारी र मकवानपुरका कृष्ण सारु मगर, खुला सचिवमा काभ्रेका दयाराम महत र सिन्धुपाल्चोकका युवराज पुरी, समावेशी सचिवमा जीवन लामा र राजन विश्वकर्मा तथा कोषाध्यक्षमा रमेश ढुंगेल र रामचन्द्र नेपालको उम्मेदवारी परेको छ । 

खुला सदस्य ५ जनाका लागि ११ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा इकागजकर्मी जीवन कुँवरले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारीमाथि दाबी विरोध र अन्तिम नामावली शुक्रबार प्रकाशित हुनेछ भने निर्वाचन चैत २५ गते हुने तय भएको छ । 

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट पछि हट्‍यो नेपाल समूह

इकागज | चैत १८, २०७७

हेटौँडा : बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल ...