ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

इकागज | चैत १७, २०७७

भक्तपुर : पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका-९ का स्थायी बासिन्दा हुन् ।

दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिए । उनले भने, 'यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो । भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।'

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ का ४५ वर्षीय मोहन अधिकारी, उहाँकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उहाँको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो । बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

डोरमणि पौडेलले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने

इकागज | चैत १५, २०७७

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । प्रदेश सभामा एमाले...

काठमाडौँ महानगरले प्राङ्गारिक मल बन्‍ने र नबन्‍ने फोहर छुट्याएर संकलन गर्ने

इकागज | चैत १५, २०७७

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्‍ने र नबन्‍ने फोहर छुट्याएर मात्र सं...

महानगरले प्राङ्गारिक मल बन्‍ने र नबन्‍ने फोहोर छुट्याएर स‌ङ्कलन गर्ने

इकागज | चैत १४, २०७७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भए...

२८ मुद्दाका ४० पक्राउ

इकागज | चैत १४, २०७७

चितवन : डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ ग...