बागमती गोल्डकपः उद्घाटन खेलमा नव जनजागृती युवा क्लब विजयी

इकागज | चैत १३, २०७७

हेटौंडा : मकवानपुरको बागमती गाउ“पालिकामा शुक्रबारबाट चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले खेलको उद्घाटन गरे । 

उद्घाटन खेलमा ३-१ गोलअन्तरले नव जनजागृती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित ग¥यो । खेलको दोस्रो हाफमा नव जनजागृती युवा क्लबका एलन राईले २ गोल र सुसान्त थिङले १ गोल गरेका थिए । आयोजकको तर्फबाट खेलाडी उमेश लोप्चनले दोस्रो हाफमा १ गोल गरेपनि खेललाई बराबरीमा ल्याउन सकेनन् । 

खेलको म्यान अफ दी म्याच एलन राई घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । अब नवजनजागृती युवा क्लबले चैत्र १८ गते जाउलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दश टिम सहभागि प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 

सार्वजनिक यातायातमा अनुगमन गरिने, स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही

इकागज | चैत १३, २०७७

काठमाडौँ : कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएक...

डढेलोले वन्यजन्तुको बासस्थान सर्‍यो, धुवाँले आँखा पोल्ने समस्या

इकागज | चैत १३, २०७७

हेटौँडा : बागमती प्रदेशको वन मन्त्रालयसँगै रहेको जंगलमा डढेलो लाग्दा नियन्त्रणको केही प्रयास हुन सकेन । ...