कोभिड-१९ रोकथाम पहिलो प्राथमिकता : मन्त्री बस्‍नेत

इकागज | बैशाख १७, २०७८

हेटौंडा : बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले तीनै तहको सरकारसँग समन्वय गरि अघि बढ्ने बताएकी छन् । मन्त्री बस्नेतले कोभिड-१९ रोकथाम र नियन्त्रण नै मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताइन । ‘अहिलेको महामारीको समय बच्ने र बचाउँने हो । हामी यसमै केन्द्रित हुनेछौं ।’ उनले भनिन् । 
उनले कोभिड-१९ पछि शिक्षामा परेको समस्यालाई सम्बोधन गर्न जरुरी देखिएको स्पष्ट पारिन् ।

‘शहरका विद्यार्थीहरुले अनलाइन कक्षा पढ्न पाएपनि गाउँका, पहाडी भेगका विद्यार्थीहरुहरुलाई त्यस्ता सुविधा छैन ।’ बागमती प्रदेशमा पहाडि भेगका विद्यार्थीहरु धेरै छन् उनीहरुलाई पनि सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरिन् । शुक्रबार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै उनले कोभिड-१९ विरुद्ध कसरी अगाडि बढ्न सकिन्छ भनेर सुझावसमेत लिएकी छिन् । 

यता सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले भने नेपालमा अहिलेको अवस्थामा कोभिड-१९ बढ्दै गएमा अबको २ महिनामा राज्यले त्यसलाई धान्नै नसक्ने आंकलन भइरहेको जानकारी दिए । उनले विशेष गरेरे मास्क लगाउने, दुरी कायम गर्ने कुराको पालना गर्नुपर्नेमा जोडि दिए ।

‘मास्क लगाउन सरकारले अनुरोध गरेपनि नागरिकहरुले अझै पनि लाउने गरेका छैनन, दुरी कायम गर्न सकेका छैनन्’ उनले भने । बागमती प्रदेशमा आज ३२ सय ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ भने ६ जनाको कोभिडको कारण मृत्यु भएको छ ।  
 

बागमतीमा मन्त्रिपरिषद्‌ विस्तार : बस्‍नेतलाई सामाजिक, नेपाल र पाण्डेको मन्त्रालय शपथअघि टुंगिने

इकागज | बैशाख १५, २०७८

काठमाडौँ : बागमती प्रदेशको मन्त्रिपरिषद्‌ विस्तार भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्...