बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
काठमाडौँ : शुक्रबार राती काठमाडौँको तिनकुनेमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा बाँके कोहलपुरका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएपछि उनी गम्भिर घाइते भएका थिए । उपचारका लागि उनलाई बानेश्वरको सिभिल अस्पताल भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।