करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

इकागज | भदौ २३, २०७८

गोरखा- नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । 'आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, 'पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।'

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ ।

यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । 

यसैबीच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । रासस

कर्मचारीले उत्प्रेरणाका साथ काम गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ

इकागज | भदौ २२, २०७८

कास्की - गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरण...

गण्डकीमा पुस्तकालय स्थापना गर्ने योजना ल्याउँदैछौं : मुख्यमन्त्री पोखरेल

इकागज | भदौ २१, २०७८

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा केन्द्रीय पुस्तकालय निर्माणको ...

गण्डकीको विकासमा सघाउन विश्व बैंक नेपाल निर्देशकसँग मुख्यमन्त्री पोखरेलको आग्रह

इकागज | भदौ २१, २०७८

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय न...

सशस्त्र द्वन्द्वका घाइते र शहिद परिवारलाई निशुल्क स्वास्थ्य सेवा

अनिष भट्टराई | भदौ १८, २०७८

कास्की : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा काटेका ५ योजनालाई स्रोत सुनिश्चित गरेक...