बाघको छालासहित चार जना पक्राउ

इकागज | चैत ९, २०७७

बुटवल : पाटेबाघको छालासहित ४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउंपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्दा गंगा बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपालीका साथबाट बाघका छालासहितका सामाग्री बरामद गरेको हो ।  

 उनिहरुको साथबाट पाटेबाघको छाला एक थान र २ केजी ५ सय ग्राम बाघको हड्डी बरामद गरिएको छ । पक्राउ परेका जयलाल नेपालीले बोकेको झोलामा छाला एक थान र गंगा बहादुर खत्रीले हातमा समातेको प्लाष्टिकको बोराभित्र हड्डी फेला फेला परेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 

लुम्बिनीमा सत्ता समीकरणको जोड-घटाउ सुरु, अल्‍पमतमा पर्ने भएपछि जसपालाई फकाउँदै मुख्यमन्त्री

बिक्रम खड्का | चैत २, २०७७

बुटवल : नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि लुम्बिनी प्रदेशमा सत्ता समीकरणको जोड-घटाउ सुरु भएको छ ...