सुदूरपश्चिम

धनगढी उपमहानगमा स्वास्थ्यकर्मीहरूको धर्ना

इकागज | चैत १२, २०७९

 

कैलाली - काम गरेको सेवासुविधा नपाएको भन्दै धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले आज उपमहानगरपालिकामा धर्ना दिएका छन । बिगत ६ महिनादेखि सेवासुविधा नपाउँदा दैनिक जीवन यापन गर्नसमेत कठिनाइ भइरहेको भन्दै उनीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिनबाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरीगरी नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टी बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा संचालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।

 

सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै टुंगो छैन

इकागज | चैत ८, २०७९

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । ...

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु निर्वाचन

इकागज | चैत ७, २०७९

दोधारा चाँदनी- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्य...

साना योजनामार्फत् भइरहेको बजेटको दुरुपयोग रोक्न सुदूरपश्चिम सरकार अग्रसर

इकागज | चैत २, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले बिगतमा उपभोक्ता समिति र साना योजनामार्फत् भइरहेको बजेटको दुरुपयोग ...

सुदूरपश्चिम विश्वविद्यालयको पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

इकागज | चैत २, २०७९

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुक...