सूचना-प्रवधि

ओलम्पसमा ब्ल्याकम्याटर र्‍यान्समवयेर हमला

इकागज | भदौ २८, २०७८

काठमाडौँ- जापानको एक ठूलो टेक्नोलोजी कम्पनीमा र्‍यान्समवयेर हमला भएको छ। ओलम्पस नाम गरेको टेक्नोलोजी कम्पनीमा र्‍यान्समवयेर आक्रमण भएको हो ।

‘शंकास्पद गतिविधि भएको देखिएपछि हामीले तत्काल फरेन्सिक विज्ञ लगायतको विशेष टोली परिचानल गर्‍यौँ । अनुसन्धानका क्रममा हामीले प्रभावित सिस्टमहरूमा डाटा ट्रान्सफर रोक्नुका साथै बाहिरका आफ्ना साझेदारहरूलाई पनि खबर गरेका छौं कम्पनी वक्तव्यमा लेखेको छ।

सेप्टेम्बर ८ को बिहानदेखि नै यस कम्पनीमा आक्रमण भएको एक टेक्नोलोजी विज्ञले ओलम्पसले भन्दा अगाडि नै घटनाको विवरण सेयर गरेका थिए । आक्रमण भएका कम्प्युटरहरूमा छोडिएको र्‍यान्सम नोटमा ब्ल्याकम्याटर ग्रुपले आफूले आक्रमणको दाबी गरेको छ। सो समूहले एक नोटमा ‘तपाईँको नेटवर्क इन्क्रिप्ट गरिएको छ र यो अहिले चलाउन नमिल्ने छ। यसलाई डिक्रिप्ट गर्नका लागि भुक्तानी गर्नुपर्ने हुन्छ।’