फोटो फिचर

बिहान उठ्नेवित्तिकै हिमाल देख्‍न पाइयोस्:

हिउँको बिस्कुनमा लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म (फोटो फिचर)

जेनजेन लामा |
बैशाख १४, २०७८ बजे

फाेटाे : जेनजेन लामा

काठमाडौँ : देश यतिबेला फेरि कोभिड-१९ ले लकडाउन हुने स्थितीमा पुगेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत मुख्य मुख्य शहरमा निषेधाज्ञाको घोषणा पनि गरिसकेको छ । 


तर ठीक यतिबेला सगरमाथा भने हिउँको ओछ्यान लगाएर पर्यटकको स्वागत गर्न पर्खिरहेको छ । लुक्लाबाट ती दृश्य हेर्दा लाग्छ, विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि पर्यटकलाई गमलङ्ग अंगालो हालेर हिउँमा लुटुपुटु पारेर आफूसँग राख्न चाहन्छ ।

तर यस्तो महामारीको बेला त्यो आँट कसले जुटाउने ? प्रश्न पेचिलो छ । हिउँको बिस्कुनमा लुक्लादेखि बेसक्याम्पसम्मका तस्बिरले मात्रै पनि सगरमाथालाई हिउँको सुन्दरताले अर्को नयाँ उचाई दिन्छ ।

देश नेपालसहित विश्वका धेरैजसो मुलूक कोभिड-१९ महामारीसँग जुधिरहेका छन् । काठमाडौँ खाल्डो पनि यही नियतीमा छ । तर जसको सिधा असर सगरमाथासम्म पुगिरहेको छ ।

सगरमाथा चढेका आरोही र केही गाइडलाई कोभिड–१९ रिर्पोट पोजेटिभ देखिएको अन्तर्राराष्ट्रिय मिडियाले लेखेका छन् । तर पर्यटन विभागले भने ती समाचारमा सत्यता नभएको विज्ञप्ति निकालेर बताइरहेकाे छ ।

यही महामारी र महासंकटमा पनि हिमालका पूजारी शेर्पाहरु भने आरोहीका लागि बाटो बनाइरहेका छन् । लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म पुगेर उनीहरु बाटो बनाउँदै चुनौतिसँग खेलिरहेका छन् ।

तर हिउँको ओछ्यानमा सुस्ताउदै सगरमाथा चढ्ने पर्यटकको रहर यस वर्ष पूरा होला कि नहोला भन्ने कौतुहुलता भने बढेको छ । सगरमाथामै कोभिड–१९ पगिसकेको हो वा होइन भन्‍ने वास्तविकता महामारीको महासंकटमा विस्तारै थाहा होला । तर चिन्ता, चुनौति र चाँसो भने जताततै छ । 


सबै तस्बिर : जेनजेन लामा (सगरमाथा बेसक्याम्प)



Author
थप समाचार