फोटो फिचर

सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित [फाेटाे फिचर]

इकागज |
पुस ५, २०७९ बजे

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो । 


झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।  

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् । 

साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई सामूहिक रूपमा अभिनन्दन गरिएकाे छ । 



Author
थप समाचार