फोटो फिचर

फोटोफिचर

शान्त सडक, अशान्त समय

इकागज |
बैशाख १८, २०७८ बजे

काठमाडौँ : निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यका शून्यप्रायः बनेको छ । बिहीबारदेखि सुरु भएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान बनेको हो । सडकमा सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् । अत्यावश्यक सेवा बाहेकका नीजि सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । 

उपत्यकाका भित्री सडकहरुपनि सुनसान जस्तै बनेका छन् । काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुलेका छन् । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । सडकमा सञ्चालनमा आएका सवारी साधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् । अर्कोतर्फ काठमाडौँ उपत्यका कोभिड-१९ संक्रमणको उच्च जोखिममा छ । 


हेर्नुहोस्, शिबराम थपलियाले खिचेका तस्बिरहरू :



Author
थप समाचार