फोटो फिचर

काठमाडौँमा वाटरकलर फेस्टिभल [फाेटाेफिचर]

अनुज बज्राचार्य |
मंसिर १७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल) सुरु भएकाे छ । पाँच दिने ​वाटरकलर फेस्टिभल शनिबादेखि सुर भएकाे हाे  । ३९ देशका ३४० कलाकृति बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ ।


यो कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी भएका छन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने आयोजकले जनाएको छ । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपालमा आएका छन् । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।​

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार