फोटो फिचर

बागमती नदीमा फोहोर धेरै [फोटोफिचर]

अनुज बज्राचार्य |
माघ २८, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- बागमती नदी नेपालीको आस्थाको केन्द्र हो । ​हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता हुन्छ । यसलाई उपत्यकाको प्रमुख नदीका रूपमा लिइन्छ । बागमती नदीमा अहिले फोहोरै फोहोरको डंगुर देख्न सकिन्छ । यसको कारण काठमाडौँवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो ।


ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौँवासीमा नभएको सरोकारवालाहरू बताउँछन् ।

यस्तै सडकको फोहोर उठाए पनि नदी क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता भएको देखिन्छ । हिउँद लागेसँगै उपत्यकाका अधिकांश नदी फोहोर र दुर्गन्धित बनेका छन् ।​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार