फोटो फिचर

वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व सुरू (फोटो फिचर)

अनुज बज्राचार्य |
चैत ४, २०८० बजे

तस्विर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ  - काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रुपमा चीर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरू भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा आइतबार रंगीविरंगी कपडाहरूको ध्वजा सहितको तीन खण्डे चीर ठड्याइएको हो ।


चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चीर ठड्याउने गरिएको र त्यसपछि विधिवत् रुपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ । 

चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार