फोटो फिचर

आहा! काठमाडाैँमा ढकमक्क फूल (फाेटाे फिचर)

अनुज बज्राचार्य |
चैत ६, २०८० बजे

तस्विर - अनुज बज्राचार्य/इकागज

वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । 


वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ ।

राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन ।सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरुसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरूमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ ।

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार