फोटो फिचर

स्टुडियो नाइन परिवारले यसरी मनायो होली [फोटोफिचर]

सुभद्रा धिताल |
चैत ११, २०८० बजे

काठमाडौँ- भक्तपुरको बालकोटस्थित रागिनी चोकमा रहेको स्टुडियो नाइनको परिवारले सद्भावनाको पर्व होली मनाएको छ । आज आइतबार बालकोटस्थित बृहस्पति ड्राइभिङ सेन्टरमा स्टुडियो नाइनले आयोजना गरेको होली कार्यक्रममा रङ, अबिर खेल्दै नाचगान गरेर होली पर्व मनाइएको हो ।


रङ्गिन पर्व हो होली । फागु, होली, फागु पूर्णे अनेक नामले पनि यस पर्वलाई चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाइएको छ । यही अवसरमा स्टुडियो नाइनले पनि यो पर्व एक आपसमा खुसी साटेर मनाएको छ । विगत वर्ष झैं यस वर्ष पनि स्टुडियो नाइनले आज सामूहिक रूपमा होली मनाएको हो ।

यहाँ जुम्बा, डान्स तथा वर्कआउट  गराइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँ आउने गरेका छन् । साथै गीत संगीत रेकर्डिङको काम पनि यहाँ हुने गरेको छ । स्वास्थ्यलाई ध्यानमा राख्दै करिब दुई वर्षदेखि सञ्चालित छ स्टुडियो नाइन । जडिबुटीस्थित आँखा अस्पतालनजिकै शाखासमेत खोलिएको छ ।

 



Author
थप समाचार