फोटो फिचर

तस्बिरमा प्रादेशिक ललितकला प्रदर्शनी

अनुज बज्राचार्य |
चैत १५, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- रैथाने संस्कृति एवं कला प्रवर्द्धन गर्नका लागि बागमती प्रदेश ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ ललित कला प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । प्रतिष्ठानको आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ नारासाथ सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना गरिएको हो । सातमध्ये छ प्रदेशमा प्रदर्शनीको आयोजना जारी छ । 



प्रदर्शनीमा बागमती प्रदेशको मौलिक तथा रैथाने कलालाई प्राथमिकता दिएर समसामयिक चित्रकला, परम्परागत चित्रकला र मूर्तिकला, समसामयिक मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला, नेपाल तथा विश्वमा चलेका तथा अन्य सिर्जनात्मक कलालगायत विविध विधाअन्तर्गतका २१० कलाकारका २४५ भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको छ ।

 चैत १२ गते सुरु भएको प्रदर्शनी १६ गतेसम्म चल्नेछ ।​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार