फोटो फिचर

यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा [फोटोफिचर]

अनुज बज्राचार्य |
बैशाख २, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो ।


थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार