फोटो फिचर

ज्याकराण्डाले सिंगारिएको सहर (फोटो फिचर)

अनुज बज्राचार्य |
बैशाख १८, २०८१ बजे

तस्बिर-अनुज बज्राचार्य

काठमाडौँ - काठमाडौँ र ललितपुरका सडक तथा चोक ज्यारकाण्डा फूलले ढकमक्क फूलेको छ । प्याजी निलो रंगको फूलले सडक र शहर दुवैलाई सुन्दर बनाएको छ । 

विश्वकै फोहोरी शहर बनेको काठमाडौँको सौन्दर्यलाई ज्यारकाण्डाले बेहुली झै बनाएको छ । फोहोरमा मुसुक्क मुस्कुराइरहे जस्तै देखिन्छ ज्यारकाण्डा । यसले आफ्नो सौन्दर्यले सडक र सडक किनार हिड्ने जो कोहीलाई मोहित बनाएको छ ।


ज्यारकाण्डा नेपाली फूल होइन । एक सय वर्ष भन्दा अघि युरोपबाट राणाहरुले यो फूल भित्र्याएको इतिहाँस छ । अहिले भएको याक एण्ड यति होटलमा रोपिएको ज्यारकाण्डा समयसँगै अहिले राजधानीका धेरै ठाउँमा फूल्न थालेको छ । 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार