फोटो फिचर

युवा संघको नारा : गच्छदारलाई स्वागत, आलमलाई पूर्वस्वागत (फोटो फिचर)

इकागज |
असार ३१, २०७८ बजे

काठमाडौँ : राष्ट्रिय युवा संघ नेपालले रौतहट नरसंहारका योजनाकार मानिने अफ्ताव आलम र भर्खरै धरौटीमा छुटेका ललिता निवास जग्गा प्रकरणका आरोपी विजयकुमार गच्छदारको पुत्ला जलाएका छन् । बिहीबार नयाँ बानेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार गठन भएसँगै गच्छदार १० लाख धरौटीमा रिहाको भन्दै युवाहरूले विरोध जनाएका हुन् । 

युवा संघले आलमलाई पनि सरकारले रिहा गर्न सक्छ भन्दै खबरदारीपूर्ण प्रदर्शन गरेका छन् । आजको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य मुडभेटसमेत भएको थियो । 


हेर्नुस् तस्बिरहरू :



Author
थप समाचार