फोटो फिचर

विपद्को पीडा

मध्यरातको बाढीले फेरि डुब्यो मेलम्ची (फोटोफिचर)

रातो पुल बगायाे, चनौटे बजार जोखिममा

इकागज |
साउन १७, २०७८ बजे

काठमाडौँ : मध्यरातमा आएको बाढीले गर्दा मेलम्ची बजार फेरि हिलाम्मे बगरमा परिणत भएको छ । गएको असारमा आएको बाढीले बगर बनेको मेलम्ची बजारका बाँकी घरहरु शनिबार राती आएको बाढीमा फेरि डुबेका छन् । 


बाढीले गर्दा हेलम्बु, चनौटे, किउल र मेलम्चीमा क्षति पुर्याएको छ । बाढीले चनौटे बजार जोखिममा परेको छ । चनौटेमा रहेको रातो पुल बगाएकाे छ ।

शनिबार मध्यराती अचानक मेलम्चीमा बाढी आउनुका साथै पानीको सतह बढेको थियो । पानीको सतह बढेपछि मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ । यसअघि असार १ गते आएको बाढीले मेलम्ची रेडियोको भवन डुबानमा परेको थियो ।

शनिबार राती आएको बाढीले त्यतिबेला डुबानमा पारेका घरलाई बगाएको छ । केही घर बग्ने अवस्थामा पुगेका छन् । बाढीले तालामाराङ प्रहरी चौकीको एउटा भवन नै बगाएको छ । प्रहरी चौकीबाट प्रहरी विस्थापित भएका छन् ।

असारमा आएको बाढीले हेलम्बु, किउल र चनौटेका दर्जन बढी घर बगाएको थियो । दुई दर्जन बढी मानिस बेपत्ता थिए । अहिलेसम्म केहीको शव भेटिएपनि धेरैजसो बेपत्ता छन् । शनिबार राती आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, चनौटे र मेलम्चीका मानिसहरुलाई फेरि एकपटक बिर्सनै नसक्ने पीडा दिएको छ ।

यद्यपी, अहिलेसम्म मानवीय क्षति भएको जानकारी आएको छैन ।

सबै फोटो स्रोत : देवराज सुवेदी र आदित्य दाहाल



Author
थप समाचार