फोटो फिचर

सरकार खोज्दै युवा संघले निकाल्यो टर्च जुलुस [फोटो फिचर]

अनुज बज्राचार्य |
भदौ २५, २०७८ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले सरकार खोज्दै टर्च जुलुस निकालेको छ । मुलुकमा सरकार हराएको भन्दै यसको खोजी गर्न भन्दै युवा संघले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वर क्षेत्रमा नाराबाजीसहित सरकारको विरोध गरेको हो ।


जुलुसमा युवा संघ नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्दै  ‘देउवा तिम्रो पाराले दुःख पाए साराले,’लगायतका नारा लगाएका छन् ।

‘वृहत् टर्च र्‍याली’ नाम दिइएको सो जुलुसमा युवा संघ अध्यक्ष किरण पौडेललगायत सहभागी छन् ।

 

सरकार दार्चुला घटनामा मौन बसेको, अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन असफल भएको युवा संघकाे आराेप छ ।

यस्‍तै नेपाली आकाशमा विदेशी हेलिकप्टर उड्दा मूकदर्शक बनेको र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पास गर्न अग्रसर भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

प्रधानमन्त्रीको चर्को विरोधमा उत्रिएका दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीले प्रहरी, प्रशासनको समेत विरोध गरेका छन् ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार