फोटो फिचर

एमसीसीविरुद्ध प्रदर्शन कायमै, प्रहरीको धरपकड (फोटोफिचर)

अनुज बज्राचार्य |
भदौ २६, २०७८ बजे

काठमाडौँ - एमसीसीविरुद्ध काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म आज पनि प्रदर्शन भएको छ । एमसीसी चाहिँदैन भन्ने नारा लगाउँदै माइतीघरदेखि नयाँ बानेश्वरसम्म आज पनि प्रदर्शन भएको हो ।


विभिन्न संस्थाको अगुवाइमा एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । उनीहरुले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । 

प्रदर्शनका क्रममा नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शकारीबीच पटक पटक झडप भएको छ । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनका उत्रेका दुई दर्जनबढिलाई नियन्त्रणमा लिएको थियो ।

एमसीसीका बिरुद्ध काठमाडौंमा पछिल्लो समय दैनिक जस्तो विरोध प्रदर्शन हुँदै आएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार