फोटो फिचर

आजबाट अग्रिम टिकट बुकिङ खुल्यो, कोभिडको त्रासले बसपार्कमा भीडभाड घट्यो (फोटो फिचर)

अनुज बज्राचार्य |
असोज ११, २०७८ बजे

काठमाडौँ - आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । काठमाडौंस्थित बालाजुको नयाँ बसपार्कमा दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने क्रम सुरु भएको छ । कोभिड-१९ का कारण यसपालि टिकट किन्नेहरूको भीडभाड कम देखिन्छ । कोभिड-१९ को महामारीलाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसका लागि यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने गराउने भनिएको छ । अनधिकृत काउन्टर र व्यक्तिहरुबाट टिकट विक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने गराउने भनिएको छ ।


 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार