फोटो फिचर

बीपी प्रतिष्‍ठानमा भएको अनियमितताको विरोध गर्दै माइतीघर प्रदर्शन (फोटो फिचर)

इकागज |
असोज २०, २०७८ बजे

काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान शुद्धिकरण अभियानले माईतीघरमा प्रदर्शन गरेको  छ । अभियानले प्रतिष्‍ठानमा भइरहेको भ्रष्‍ट्राचार अन्त्य गर्न १२० दिनदेखि आन्दोलन गरिरहेको छ ।

सरकारलाई दबाबस्वरुप बुधबार माईतीघरमा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवा र प्रतिष्‍ठानका चिकित्सक तथा विद्यार्थीहरू सहभागी थिए । आजदेखि समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहनेछ । 


अभियानको मागलाई सम्बोधन नगर्नुमा भ्रष्‍ट्राचार र दलियकरणलाई प्रोत्साहन गरिरहेको विरोधमा सहभागी चिकित्सक डा. अमृत जैशीले बताए । 'सरकारले अहिले गरेको गतिविधिलाई शंका गर्ने प्रशस्त ठाउँ छ,' उनले भने ।



Author
थप समाचार