फोटो फिचर

२० दिन पैदल हिँडेर बाँकेबाट काठमाडौँ आएकालाई प्रहरीले पक्रियो

अनुज बज्राचार्य |
असोज २२, २०७८ बजे

काठमाडौँ - नेपालगञ्जदेखि न्याय माग्दै २० दिन हिँडेर काठमाडौँ आएका पीडित तथा अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार माइतीघरमा धर्ना दिइरहेका उनीहरूलाई बेलूकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अभियान्‍ता रुबी खान र ननकुन्नीको परिवारका सदस्य तथा राष्‍ट्रिय महिला अधिकार मञ्चका सदस्‍य रहेका छन् ।

ननकुन्नी धोबीको गत साउन ५ गते मृत्यु भएको थियो । मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीका लागि पनि न्याय माग्न उनीहरु पैदल हिँडेर आएका थिए । जिल्लामा न्याय नपाएपछि १६ जना सहभागी उनीहरू २० दिन पैदल हिँडेर काठमाडौँ आएका हुन् । असोज १ गते बाँकेबाट हिडेका उनीहरू २० गते काठमाडौँ आइपुगेका थिए ।


माईतीघरको आन्दोलनमा नागरिक अगुवाहरूले पनि साथ दिएका छन् । न्याय नपाएसम्म काठमाडौँबाट नजाने अडान लिएका छन् । काठमाडौँमा रहँदा उनीहरूले राष्‍ट्रिय मानवअधिकार आयोग, राष्‍ट्रिय महिला आयोग, गृहमन्त्री र राष्‍ट्रपतिलाई भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार