फोटो फिचर

चाडपर्वलक्षित सुरक्षा योजना

दसैंको टीकाकै दिन काठमाडौँमा कडा सवारी जाँच

टीका लगाउन हिडेका यात्रुलाई सास्ती !

अनुज बज्राचार्य |
असोज २९, २०७८ बजे

काठमाडौँ : दसैंका दिन काठमाडौँ उपत्यकामा कडा सवारी जाँच भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँका विभिन्न ठाउँमा कडा जाँच गरेको हो । 


भद्रकालीमा ट्राफिक प्रहरीले दुई पांग्रे र चार पांग्रे गरेर सवारी जाँच गरेको हो । दसैंको टीका लगाउन हिडेका यात्रु भने जाँचमा पर्दा झन्झट मानिरहेका छन् । तर ट्राफिक प्रहरीले मादक पदार्थ सेवनदेखि कागजात खोज्नेसम्मको जाँच गरिरहेको छ ।

जसले गर्दा हतारमा टीका लगाउन हिँडेका यात्रु भने मारमा परेका छन् । धेरैजसो सामान्य जाँच गरेर टीका लगाउन हिडेका छन् भने सवारी कागजात नभएका यात्रु समस्यामा परेका छन् ।

दसैंमा मादक पदार्थ सेवन गरेर गाडी चलाउनाले दुर्घटना बढ्ने जोखिम भएका कारण ट्राफिक प्रहरीले कडा जाँच सुरु गरेको हो ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार