फोटो फिचर

भूमि अतिक्रमण जोगाउन इन्द्रचोकमा मैनबत्ति जुलुस

सरोज बैजु |
फागुन १८, २०७७ बजे

काठमाडौँ : गैरन्यायिक भूमि अतिक्रमण तथा भाषिक पहिचानमा दमन भएको भन्दै मंगलबार साँझ काठमाडौँस्थित इन्द्रचोकको वंघमा मैनबत्ति जुलुस गरिएको छ । 
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, नेवाः युथ अर्गनाइजेशन, गतिशिल नागरिक मञ्च, जागरुक युवा समाज लगायतको आयोजनमा जुलुस भएको हो ।  


बालाजु क्षेत्रमा स्थानीयको घर भत्काई काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन भन्दै जस्ताले बेरेर राखेपछि स्थानीय वासिन्दा र उपत्यका सडक विस्तार संघर्ष समितिका पदाधिकारी लगायतले गत साता भत्काइदिएका थिए । सोही आरोपमा समितिका संयोजक सुमन सायमि लगायतलाई प्रहरीले पक्राउ समेत परे ।


   
आठ जनालाई प्रहरी थुनामा राखेपछि स्थानीयका साथै सम्पदा संरक्षण अभियन्ताहरू आन्दोलित भएका हुन् । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको मंगलबार बसको संयुक्त इजलासले स्पष्ट आधार र कारण बिना निवदेकहरूलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्‍ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवदेकहरूलाई आजै थुनामुक्त गर्न निर्देशन दिएको थियो । 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार