फोटो फिचर

सांसदहरूले लगाए कोभिड-१९ विरुद्धको खोप(फोटो फिचर)

सभामुख सापकोटा भन्छन्, सबैले निर्धक्क भएर लगाए हुन्छ

सरोज बैजु |
फागुन १९, २०७७ बजे

काठमाडौँ : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पतालमा उनीहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन थालिएको हो ।


पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत सांसदहरूले कोभिड–१९विरुद्धको खोप लगाएका छन् । बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई खोप लगाउने कार्यक्रम छ ।

खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उनले विश्वास व्यक्त गरे । उनले भने, ‘मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला तर खोप लगाइसकेपछि अहिले सहज महसुस भएको छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको खोप भएकोले निर्धक्क भएर सबैले लगाए हुन्छ ।’

 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार