फोटो फिचर

राजधानीमा राप्रपाको शक्ति प्रदर्शन [फोटो फिचर]

अनुज बज्राचार्य |
चैत २५, २०७८ बजे

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । राजधानीको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको आरोप लगाए । 

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुराएको आरोप लगाए।


उनले दलहरु कै कारण ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको र तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको तर्क गरे । कांग्रेस, एमाले र माओवादी पूर्ण रुपमा असफल भएको भन्दै उनले अवको शक्ति राप्रपा भएको दाबी गरे ।

त्यस्तै राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाइ छाड्ने दाबी गरे । उनले लुटतन्त्रमा पल्किएका अर्थतन्त्रका मालिकहरुले मुलुकलाई अप्ठेरो अवस्थामा पुराएको धारणा राखे ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई राप्रपा प्रवेश गराइएको थियो । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार