फोटो फिचर

ललितपुर विस्फोट : ३ सय मिटर परसम्म भेटिए शरीरका टुक्रा [फोटो फिचर]

अनुज बज्राचार्य |
बैशाख ८, २०७९ बजे

ललितपुर - ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाह घाइतेहरूको बिएण्डबी र पाटन हस्पिटलमा उपचार भइरहेको छ । 


विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

मृतक र घाइतेको शरीरको अंग ३ सय मिटर टाढासम्म फेला परेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार