फोटो फिचर

फोटोफिचर

संकटमा पाल्पाली ढाका उद्योग

इकागज |
कात्तिक २२, २०७७ बजे

पाल्पा : ०१५ सालमा सुरु भएको पाल्पाली ढाकाले देश–विदेशमा ख्याती कमायो । स्वर्गीय गणेशमान महर्जन र उनकी श्रीमती पूर्णमाया महर्जनले दिल्ली (भारत)बाट सिकेर यो काम समय क्रमसँग परिमार्जित र परिवर्तन हुँदै आएको छ । 

१ हजार २ सयभन्दा बढी मानिसहरु एउटै कारखानामा काम गर्ने गर्थे त्यो बेला । ०४८ सालपछि बिस्तारै ढाकाको बजार कम भएपनि अहिले पूर्वेली ढाका कपडा र हाते तानको ढाकाले भने आफ्नो बजार कायमै राखेको छ । 


सुरुमा हाते (पित्लुङ्) तानबाट मात्र ढाका कपडा बुनिन्थ्यो भने पछिल्लो समयमा जे–कार्ड र मेशिनबाट बुनेका ढाका कपडा भेटिन्छन् । पाल्पाली ढाका कपडा उद्योगमा पनि लकडाउनकव् नराम्रो प्रभाव परेको छ । झण्डै १० वटा उद्योग र घरघरमा बुन्ने ढाका कपडा अहिले बजारमा बिक्री भएका छैनन् । 

ढाका कपडा बुन्नेले बजार पाउन सकेका छैनन् । त्यसैले उनीहरुले ५० प्रतिशत मात्र कामदार राखेर ढाका उत्पादन गरिरहेका छन् । लकडाउनका बेला कामदार नपाइने मात्र होइन उत्पादन गरेको ढाका बिक्रीमै समस्या भएको छ । ढाका उद्योगी मंगलचन्द जयसवालका अनुसार तानसेन र ग्रामीण भेगमा ढाका कपडा बुनेर सयौँ महिला तथा पुरुष स्वरोजगार बन्दै आएका छन् । अहिले उक्त ढाका बिक्री नहुँदा उनीहरु समस्यामा छन् । 

हेर्नुस्, मनिष अर्यालका तस्बिरहरू :



Author
थप समाचार