सरकार

सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

इकागज |
बैशाख १३, २०८१ बिहीबार १७:३३ बजे

काठमाडौँ- सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानुनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । त्यसैगरी देशभरका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकमा लगानी सम्मेलनका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरी सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन् ।​ उनले लगानी सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको समेत जानकारी दिइन् ।


Author

थप समाचार
x