प्रमुख समाचार

देउवाले प्रदेश अधिवेशन उद्घाटन गर्दै भने : सबैको ध्यान चुनावतर्फ हुनुपर्छ

इकागज |
मंसिर १६, २०७८ बिहीबार १५:५० बजे

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश अधिवेशनको उद्घाटन गरेका छन् । आज दिउँसो देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल रुपमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’लेखिएको ब्यानर सार्वजनिक गरेर उद्घाटन गरेका हुन् । 

भर्चुअल उद्घाटन गर्दै देउवाले सबैको ध्यान अब चुनावमा हुनुपर्ने बताए । ‘१४ औँ महाधिवेशनको संघारमा, ऐतिहासिक प्रदेश अधिवेशनमा छौँ । बीपी कोइराला र अन्य नेताले छोडेर जानु भएको विचारको आधारमा कांग्रेस अघि बढिरहेको छ,’ उनले भने, ‘लोकतन्त्र बलियो भयो भनेमात्र विकास हुन सक्छ । त्यो कांग्रेसको काँधमा छ । प्रदेश महाधिवेशनले नेपाली कांग्रेसलाई थप मजबुत बनाएर जनविश्वास कसरी जित्ने भन्ने छलफल हुनेछ भन्ने विश्वास छ । हाम्रो ध्यान ध्यान चुनावतर्फ हुनुपर्छ ।’  



Author

थप समाचार
x