समाज

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १६:५५ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजयकुमार मंडलले गुणस्तरहीन सडक बनाएर ८ लाख ६५ हजार १४५ भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।


साथै अख्तियारले जानकी कन्सट्रक्शन, मनरा शिसवा न.पा.-५ महोत्तरीका प्रोपराइटर राकेशकुमार रायलाई पनि प्रतिवादी बनाएको छ ।   


Author

थप समाचार
x