दल

आचारसंहिता उल्लंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

इकागज |
बैशाख १५, २०८१ शनिबार १६:४८ बजे

काठमाडौँ- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । 

लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिह्न अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उल्लंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिह्न घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।


निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।

लिम्बुले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता उल्लंघन भएको उजुरीपछि सो तस्बिर हटाएका छन् ।


Author

थप समाचार
x