राजनीति

इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

इकागज |
बैशाख १६, २०८१ आइतबार ७:१५ बजे

फाइल फाेटाे

काठमाडौं - इलाम–२ को मतगणना गर्नका लागि अहिले केही बेरमा सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । 


Author

थप समाचार
x