राजनीति

बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक

इकागज |
माघ ७, २०७८ शुक्रबार १७:५४ बजे

काठमाडौँ - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनलगायत अन्य तहको निर्वाचनबारे छलफल गर्न संयन्त्रका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक सुरु भएको हो । 

बैठकमा सत्ता गठबन्धन दलबाट दुई÷दुई नेता सहभागी छन् । सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचन, तथा संघ र प्रदेशको निर्वाचन कहिले गर्ने भन्नेमा मतभेद छ । यसै विषयमा एक मत बनाउन आज संयन्त्रको बैठक बसेको हो । निर्वाचन आयोगले भने सरकारलाई निर्वाचनको मिति तोक्नका लागि ताकेता गरिरहेको छ ।     



Author

थप समाचार
x