समाज

हरिपूर्वामा आगोले चार घर जले

इकागज |
बैशाख १३, २०८१ बिहीबार २१:४३ बजे

फाइल तस्बिर

सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् । 

स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ । अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हुँदै थियो । सोही


स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन बारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आगलागीबाट भएको क्षतिको प्रहरीले  विवरण सङ्कलन गरिरहेको छ ।


Author

थप समाचार
x