समाज

प्रधानमन्त्री प्रचण्ड भवन उद्घाटन गर्न सल्यान जाँदै, दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १०:१८ बजे

काठमाडौँ- सल्यानको दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दार्मा जाने भएपछि गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो । 

गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 


'उक्त दिन गाउँपालिका मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ' प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x