नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन : कार्यकारी भूमिकाबाट बिदा मागे लालबाबु पण्डितले

इकागज |
मंसिर १३, २०७८ सोमबार १३:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद छाड्ने उनको भनाइ थियो ।


ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।


Author

थप समाचार
x