नेकपा एमाले १०औँ महाधिवेशन

पार्टी एकतालाई जोगाइराख्न महासचिवबाट पछि हटेँ : पृथ्वीसुब्बा गुरुङ

इकागज |
मंसिर १३, २०७८ सोमबार १३:९ बजे

चितवन- एमाले नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । महासचिवमा उम्मेदवारी दिने बताइरहेका गुरुङले पार्टीभित्रको एकतालाई जोगाइराख्न आफ्नो उम्मेद्वारी उपमहासचिवमा भएको बताएका हुन् । उपमहासचिवमा अन्यकाे उम्मेदवारी परेकाे छैन् ।

पार्टीभित्र एउटै पदमा आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न चुनौती भएको उनले बताए । वरिष्ठ उपाध्यक्षका लागि सुवास नेम्वाङ र शंकर पोखरेलबीच बाजाबाज भएको हो भन्ने ईकागजको प्रश्नमा त्यसमा सहमति भइसकेको उनले बताए । 


एमाले महाधिवेशनपछि भीम रावलको भुमिका हिजाकोे भन्दा एकताबद्ध र सुदृढ भएर आउने गुरुङले विश्वास गरे । भीम रावल र घनश्याम भुषालको उम्मेदवारीले पार्टीलाई अझै बलियो बनाउने उनले बताए । महाधिवेशनले नै सबैको अवस्था क्लियर गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ । 


Author

थप समाचार
x