नेकपा एमाले १०औँ महाधिवेशन

ओलीका विश्वासपात्र गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेनन्

इकागज |
मंसिर १३, २०७८ सोमबार १३:२५ बजे

चितवन- नेकपा एमालेका नेता गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका बास्कोटा पदाधिकारी कोटामा नपरेका हुन् । 

सञ्चारकर्मीको जिज्ञासामा उनले एउटा पदमा एक भन्दा बढी उम्मेदवारी हालेपछि सहमति गर्दा एउटाले छाड्नुपर्ने अवस्था आएपछि पदाधिकारीमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले पद मात्रै खोज्नु भन्दा पनि नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए ।
 



Author

थप समाचार
x