नेकपा एमाले १०औँ महाधिवेशन

उम्मेदवारको पहिलो सूची सार्वजनिक, दाबी विरोधको समय सुरु

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:१७ बजे

काठमाडौँ - नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएको छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो । 


पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । 


Author

थप समाचार
x